१० कार्तिक २०८३, मंगलबार

धनराज गुरूङसँग दुई मतले हारेका विजयकुमारद्वारा पुनः मत गणनाको माग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले पुनः मत गणनाको माग गरेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १ हजार ९०८ मत ल्याउँदा गच्छदारले १ हजार ९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका हुन् । दुई सीट रहेको महामन्त्री पदमा अर्का उम्मेदवार पूर्णबहादुर खड्का विजयी भएका छन् ।