
भक्तपुर, २२ मंसिर । भक्तपुरमा एक युवकको हत्या भएको छ ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला नजिकै सूर्यविनायक नगरपालिका–१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
श्रेष्ठ गए राती ९ बजेर ५२ मिनेटमा बालकोट बंगलामुखीबाट हनुमन्ते खोलातर्फको फलामे पुल नजिकै गम्भिर घाइते अवस्थामा भेटिएका थिए ।
उनको मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले हत्यामा संलग्न राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम विकलाई पक्राउ गरेको छ ।
राजनबाट हेमन्त श्रेष्ठले पैसा सापटी लिएको र पैसा माग्दा अर्को एकजना युवकलाई प्रयोग गरेर राती हनुमन्ते खोला किनारमा बोलाएर पछाडिबाट चिपर्टले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक राजन युवा संघ भक्तपुर जिल्ला समिति सदस्य हुन् ।












प्रतिक्रिया