१९ कार्तिक २०८३, बिहिबार

जनमोर्चाले एमसीसीविरुद्ध मंसिर २६ मा प्रदर्शन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । राष्ट्रिय जनमोर्चाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मंसिर २६ मा वृहद प्रदर्शन गर्ने तयारी गरेको छ ।

एसीसीलाई संसदबाट अनुमोदन हुन नदिन जनमोर्चाले मंसिर २६ गते देशभर विरोध प्रदर्शन तथा संघर्षका कार्यक्रम गर्ने भएको हो ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकन पदाधिकारीहरुले एमसीसी संसदबाट अनुमोदन गराउन दबाब दिइरहेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

‘हामीले पटकपटक स्पस्ट गर्दै आएका छौँ कि उक्त एमसीसी सम्झौता नेपालको बृहत्तर हित र दीर्घकालिन हितका दृष्टिले सही छैन । त्यसकारण, त्यसलाई खारेज गर्न हामीले जोड दिएका छौँ’, केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जनमोर्चाले संघर्षलाई व्यापक बनाउन विभिन्न मोर्चा र २२ दलीय तथा संघसंस्थाको गठबन्धनलाई पनि संघर्षका कार्यक्रमका लागि प्रयत्न गर्न आग्रह गरेको छ ।