दमक, १ बैशाख । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा नेकपा एमालेका विद्यार्थी नेताको ज्यान गएको छ । नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट झापाको दमकमा अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य धनप्रसाद तिवारीको मृत्यु भएको हो ।
तिवारी चढेको मे ३ प २५५१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ साढे ७ बजे पूर्वपश्चिम राजमार्गको दमक–१६ ताराबारीमा ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट तिवारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया