१९ कार्तिक २०८३, बिहिबार

मधेशमा माओवादी रित्तिँदै, चर्चित मुस्लिम नेता जालिम मिया एमाले प्रवेश

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । पर्साका चर्चित मुस्लिम नेता जालिम मिया नेकपा एमाले प्रवेश गर्ने घोषणा गरेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका मियाले बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै भेटेर एमाले प्रवेशको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष बनेका मिया एमाले प्रवेश गर्ने भएका हुन् ।

पर्साका एमाले एमाले सचिव टोपबहादुर रायमाझी, नेताहरु राजकुमार गुप्ता, प्रभु हजारा, निर्मला देवकोटा, मनोज गुप्तालगायतका नेताहरु सहित जालिमले हालैमात्र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।

एमाले अध्यक्ष ओली मियासहित विभिन्न पार्टीबाट एमाले प्रवेशको कार्यक्रम गराउन पुसको पहिलो साता पर्सा जाने कार्यक्रम रहेको छ ।

एमाले प्रवेश गर्न लागेपछि मियालाई भारतीय गोदी मिडियाले विभिन्न किसिमका आरोप लगाउँदै तारो बनाएका थिए ।

माओवादी केन्द्र र प्रचण्डबाट अब मुलुकको निकास र विकास हुन नसक्ने निष्कर्षमा माओवादीबाट एमालेमा प्रवेश गर्नेको लर्को लाग्ने मियाको विश्वास छ । साथै, मधेशमा माओवादीकाे अस्तित्व नै मेटिने पनि स्थानीय जानकारहरु बताउँछन् ।