१९ कार्तिक २०८३, बिहिबार

‘अपांगता भएकाहरुलाई आत्मनिर्भर बनाउन र अपाङ्गमैत्री भौतिक संरचनामा जोड दिनुपर्छ’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

बिहीबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएकाहरुका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ ।

यस वर्ष‘समावेशी, सुलभ र दिगो कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वगभर यो दिवस मनाइँदैछ ।

हाम्रो देशमा पनि ‘हाम्रो प्राथमिकताको आधार‚ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय संकल्पका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ ।

यस संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुनेगरीयी संवैधानिक तथा कानुनी प्रावधानहरूकोप्रभावकारी कार्यान्वयनमार्फतशिक्षा, स्वास्थ्य‚ रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा‚ सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न राज्यले आफ्नो क्षमता विकास गर्नु पर्दछ र यसको लागि आवश्यक संयन्त्रहरू निर्माण गर्नुपर्दछ ।

यसका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउन र उनीहरूका लागि अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न सरोकारवाला निकायले ध्यान दिन पर्ने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।