१९ कार्तिक २०८३, बिहिबार

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ ।

मंसिर १० देखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व प्रदान गर्दै मंगलबार साँझ समापन भएको हो ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सपथ गराइसकेपछि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन सम्पन्न भएको घोषणा गरे ।

अध्यक्ष ओलीले महाधिवेशन सफल बनाउन अनवरत योगदान गर्ने स्वयंसेवक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पार्टीका नेता कार्यकर्ता, सरकार तथा विदेशी पाहुनाहरुलाई धन्यवाद दिएका थिए ।

एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।