
चितवन, १३ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका प्रक्रियाहरुमा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।
रावलले अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा पेश गरेको केन्द्रीय सदस्यहरुको सूची आपत्तिजनक भएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।
बन्दसत्रमा रावलले चुन्ने र चुनिन पाउने अधिकार महाधिवेशन प्रतिनिधिहरुको रहेको र त्यस प्रक्रियाबाट बञ्चित गरिनु नहुने बताएका छन् । त्यस्तै, आफूले अध्यक्ष पदमा लड्ने पनि रावलले दोहोर्याए ।












प्रतिक्रिया