
चितवन, १३ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले अनुशासन आयाेग र लेखा आयाेग पारित गरेकाे छ ।
सौराहामा जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको अनुशासन आयोग र लेखा आयाेगलाई बन्दसत्रले पारित गरेको हो ।
अध्यक्ष ओलीले आयोगमा बडालको नेतृत्वमा ११ महिला र १४ जना पुरुषको नाम पेश गरेका हुन् ।
त्यस्तै, ओलीले लेखा आयोगमा लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् । लेखा आयाेगमा ९ महिला र १६ पुरुषको नाम रहेका छन् ।












प्रतिक्रिया