९ कार्तिक २०८३, सोमबार

सुरेन्द्रले महासचिवबाहेक पदमा उम्मेदवारी नदिने, सहमतिमै नेतृत्व चयन हुने बादलको दाबी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताएका छन् ।

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् । महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरेका छन् ।

शुक्रबारदेखि शुरू हुने महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।

यसैबीच नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले आज बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केही पदहरुमा निर्वाचन हुन सक्ने बताए ।

उनले आफू उठ्नेबारे भने केही बताएका छैनन् ।