९ कार्तिक २०८३, सोमबार

महाधिवेशनका लागि एमाले अध्यक्ष ओली आजै चितवन जाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । भोलिदेखि शुरू हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि पार्टीका नेता–कार्यकर्ता चितवन पुग्ने क्रम बुधबारदेखि नै शुरू भइसकेको छ ।

यसैबीच महाधिवेशन उदघाटनका लागि अध्यक्ष केपी शर्मा ओली पनि आज चितवन पुग्ने भएका छन् । महाधिवेशनको अन्तिम तयारीको अवस्था बुझ्न र अन्य केही कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै चितवन जान लागेका हुन् ।

चितवनमा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलको बाँकी काम आज दिउँसोसम्म सकिने बताइएको छ ।

नेकपा एमाले निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले महाविधेशनमा सुरक्षाका लागि ५ हजार स्वयम्सेवक खटाइने छ ।