
काठमाडौं, ७ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा एमाले नेता ठाकुर गैरेले पनि सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।
पार्टीको आठौं र नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित गैरेले यसपटक सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । पार्टीलाई थप बलियो बनाउन र युवा पुस्ताको सहभागिता बढाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।
‘युवा वा नयाँ पुस्ता पार्टीको नेतृत्वमा आउँदा पार्टीलाई सुदृढ बनाउन सहज हुन्छ,’ गैरेले भने, ‘लामो समयदेखि निरन्तर पार्टीमा काम गरिरहेको छु, अब सचिवमा रहेर पार्टीका लागि थप योगादन दिने योजना र चाहना भएकाले सचिवमा उम्मेदवारी दिने तयारी गरेको हुँ ।’
पूर्वमन्त्रीद्वय गोकुल बास्कोटा र महेश बस्नेतलगायतले पनि सचिवमा आफ्नो उम्मेदवारी रहने घोषणा यसअघि नै गरिसकेका छन् ।















प्रतिक्रिया