
काठमाडौं, ७ मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्नेगरी तयारी थालिएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा एकपछि अर्का नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिने क्रम शुरू भएसँगै नेम्वाङले पनि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले नेतृत्व तथा पदाधिकारी चयनका लागि निर्वाचन नै गर्नुपर्ने अवस्थामा पुगे आफूले पनि उक्त पदमा उम्मेदवारी दिने बताएका हुन् ।
वर्तमान परिस्थितिमा पार्टीको नेतृत्वका लागि केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उनले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताएका छन् । एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।















प्रतिक्रिया