काठमाडौँ, ३० चैत । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले आउने नयाँवर्ष भित्र संविधान जारी गर्न स्पष्ट क्यालेण्डर बनाउने निर्णय गरेका छन् ।
कांग्रेस र एमालेका वरिष्ठ नेताहरुबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा
बैठकमा संविधान लेखनका लागि एउटा स्पष्ट क्यालेन्डर बनाएर अगाडि बढ्ने निर्णय भएको नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘गत माघ ८ गने संविधान जारी गर्ने तयारीका साथ पहिलो क्यालेन्डर निर्माण भएको थियो, तर संविधानका केही विषयमा सहमति जुट्न नसक्दा संविधान जारी हुन सकेन, अब चाहिँ स्पष्ट क्यालेन्डर बनाएर संविधान लेखनको काम अघि बढाउनुपर्नेमा कुराकानी भयो ।’
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन गरिएको पर्खाइ पनि धेरै भइसकेको भन्दै उहाँले अब वार्ता र संविधान लेखनको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने भेटमा छलफल भएको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।












प्रतिक्रिया