९ कार्तिक २०८३, सोमबार

१३ जना न्यायाधीशको फुलकोर्ट राख्ने प्रस्तावमा प्रधानन्यायाधीश सहमत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अन्त्य गर्न १३ जना न्यायाधीशले फुलकोर्ट राख्न गरेको प्रस्तावमा प्रधानन्यायाधीश सहमत भएका छन् ।

जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई निर्देशन समेत दिइसकेका छन् । स्रोतका अनुसार जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिएका छन् ।

प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेको बताइएको छ ।

न्यायाधीशहरूको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बैठक बोलाउन मुख्य रजिष्ट्रारमार्फत आग्रह गरेका थिए । रजिष्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान भएको हो ।