१३ कार्तिक २०८३, शुक्रबार

जतिसक्दो छिटो संविधान जारी गर्न एमाले तत्पर छ : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli.काठमाडौँ, २९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानका विवादित विषयमा सहमति जुटाई जतिसक्दो छिटो संविधान जारी गर्ने बताउनुभएको छ ।

निजामती कर्मचारी सङ्गठनको १५ औँ केन्द्रीय परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान लेखनका विवादित विषयमा धेरै जसो विषयमा सहमति भइसकेकाले केही नमिलेको कुरामा सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभयो ।

अध्यक्ष ओली भन्नुभयो, “संविधान जारी नगरेसम्म मुलुकको समृद्धि सम्भव छैन, जतिसक्दो छिटो संविधान जारी गर्न एमाले तत्पर छ ।”
संविधान बन्न नदिने र मुलुकलाई टुक्राउने तत्वहरु पनि सल्बलाइरहेको भन्दै उहाँले संविधान बन्न कसैले रोक्न नसक्ने र मुलुकलाई टुक्रायाउन एमालेले नदिने विचार व्यक्त गर्नुभयो ।

निजामती कर्मचारीहरुको समस्या समाधान गर्न सङ्गठन आफैँ क्रियाशील हुन आग्रह गर्दै उहाँले आवश्यक परेमा पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।