न्युयोर्क, २९ चैत । नेकपा एमाले स्थायी समितिका सदस्य शंकर पोखरेलको अमेरिकामा स्वास्थ्य उपचार सफल भएको छ ।
करिब एक महिना यता अमेरिकामा रहेका नेता पोखरेलको फ्लोरिडास्थित अस्पतालमा उपचार गरिएको हो । उहाँ कानसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । सानै उमेरदेखि कान पाक्ने तथा कम सुन्ने समस्या समाधान नभएपछि उहाँले चिकित्सकहरुको सल्लाहमा अमेरिकामा उपचार गराउनुभएको हो । बिहीबार र शुक्रबार दुई दिन लगाएर उहाँको दुबै कानमा उपकरण हालिएको छ ।
नेता पोखरेलको उपचारमा लागेको साँढे १० लाख रुपैंया नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अमेरिकाले व्यहोरिदिएको मञ्चका अध्यक्ष सञ्जय थापाले दैनिक नेपाललाई जानकारी दिनुभयो । नेता पोखरेल यसै साता काठमाडौँ फर्कने कार्यक्रम छ ।













प्रतिक्रिया