
काठमाडौँ, १७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ५७७ र एन्टिजेन विधिबाट ३ हजार ३३६ एन्टिजेन परीक्षण गरिएकोमा ४४७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४३९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना रहेको छ ।
हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४३४ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया