२ कार्तिक २०८३, सोमबार

‘माधव नेपालको पार्टी महाधिवेशनको निम्तो पाउन अयोग्य छ’

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेले अध्यादेशबाट बनेको माधवकुमार नेपालको पार्टी १० औँ महाधिवेशनका लागि निम्तो पाउनै अयोग्य रहेको जनाएको छ।

पार्टी केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले अवैध गर्भधारणबाट जन्मिएको समूहरूले एमालेको महाधिवेशनमा निम्तो नपाउने बताए ।

उनले एकीकृत समाजवादी पार्टी एमालेको महाधिवेशनमा निम्ता दिन अयोग्य रहेको बताए ।

पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘प्रमुख राजनीतिक दलहरुलाई हामी आमन्त्रण गर्छौं। त्यसको पहिचान र ठेगाना स्पष्ट छ। कतिपय स्पष्ट छैन। कतिपय राजनीतिक पार्टीसँगको कतिपय अवैध गर्भधारणबाट बनेका पार्टी छन्। त्यस्ता पार्टीलाई बोलाउन आवश्यक छैन। पहिचान भएका पार्टीलाई आमन्त्रण गरिन्छ ।’

मंसिर १० देखि १२ सम्म चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको उद्घाटन नारायणी नदीको किनारमा र बन्दसत्र सौरहावमा हुनेछ ।