
काठमाडौँ, ११ कात्तिक । सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा भएको क्षतिको ६५ प्रतिशत किसानलाई राहत दिने भएको छ ।
सरकारले १० कट्ठा भन्दा कम जग्गा भएका किसानलाई ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बेठकले १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय गरेको छ ।
कात्तिक १ गतेदेखि आएको केही दिनको अविरल वर्षाका कारण उठाउनै लागेको धानबाली नष्ट गरेपछि किसानहरु समस्या परेका छन् ।
सरकारले क्षतिको अध्ययन गर्न समिति समेत गठन गरेको थियो ।












प्रतिक्रिया