१९ कार्तिक २०८३, बिहिबार

गगन थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेसले प्रतिवाद गर्छ : महामन्त्री राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापाविरुद्ध सरकारले पक्राउलगायतका कदम चाल्न खोजे त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन्।

ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले थापालाई लक्षित गरेर सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका हुन्।

उनले सभापतिविरुद्ध कुनै पनि अनुचित कदम चालिए पार्टीले त्यसको दृढतापूर्वक सामना गर्ने बताए। बिचौलिया इनाम सापकोटाले दिएको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको भन्दै उनले सरकारको कदमप्रति आपत्ति जनाए।

सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम अघि बढाए त्यसविरुद्ध एकजुट भएर उत्रिन उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

महामन्त्री राणाले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको मर्मविपरीत रहेको आरोप लगाए। उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको दाबीसमेत गरे।