१९ कार्तिक २०८३, बिहिबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा सपथ ग्रहण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ कात्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ लिएका छन् ।

बिहबिार साढे ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

पाण्डेसँगै काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।

मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजनामन्त्री बनेकी छन् भने भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पाण्डेलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।

वु्धबार मात्रै अल्पमतमा परेपछि अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।