
काठमाडौँ, १० कात्तिक । वागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता राजेन्द्र पाण्डेले बिहीबार सपथ लिने भएका छन् ।
आफूले ५९ जना सांसदसहित मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेपछि अन्यको बहुमत नपुगेको खण्डमा उनी नियुक्त हुनेछन् ।
कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा दुईभन्दा दलबाट गठबन्धनको बहुमत प्रस्तुत गर्नुपर्ने हुन्छ ।
भोलि मुख्यमन्त्री राजेन्द्र पाण्डे सङ्गै नेपाली काङ्ग्रेसबाट संसदिय दलका उपनेता कृष्ण भडेल, माओवादी केन्द्र संसदिय दलका उपनेता कुमारी मोक्तान र समाजवादीबाट कृष्ण खनालले मन्त्रीको सपथ लिने जनाइएको छ ।












प्रतिक्रिया