
काठमाडौँ, १० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ एन्टिजेन परीक्षण गरिएकोमा ६७२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख ५ हजार १८५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ जना रहेको छ ।
हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३८० जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया