
काठमाडौँ, १० कात्तिक । नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनमा लुम्बिनी प्रदेशका ९८ पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।
१०९ पालिकामध्ये ९८ वटामा नेतृत्व चयन भएको जसमा ९६ वटामा सर्वसम्मत भएको नेकपा एमालेको लुम्बिनी प्रदेशले जनाएको छ ।
प्रदेशका अन्य ११ पालिकामा भने निर्वाचन हुने भएको छ ।
अन्यमा पनि सर्वसम्मतको प्रयास गरिए पनि चुनाव गराउनुपर्ने अवस्था आएको बताइएको छ ।












प्रतिक्रिया