२९ आश्विन २०८३, बिहिबार

यि हुन अमेरिकाकी भावी महिला राष्ट्रपति, ओबामाले बनाउँदैछन् राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Former Secretary of State Hillary Clinton waves as she arrives at a Little Rock, Ark., Wal-Mart store for a book signing event Friday, June 27, 2014. She carries a copy of her book "Hard Choices".(AP Photo/Danny Johnston)न्युयोर्क, २९ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाका पूर्व विदेशमन्त्री हिलारी रोधाम क्लिन्टन अमेरिका राष्ट्रपति पदमा निर्वाचित हुनुभएमा एक उत्कृष्ट राष्ट्रप्रमुख हुनुहुने बताउनुभएको छ ।

क्लिन्टनले आइतबार एक अनलाइन भिडियो प्रशारणमार्फत आफ्नो लामो समयदेखि प्रतिक्षा रहेको आगामी राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

यस भिडियो प्रशारण कार्यक्रमलाई लक्षित गर्दै राष्ट्रपति ओबामाले आफू राष्ट्रपति निर्वाचनमा भाग लिनुअघि पार्टीभित्रको नेतृत्व चयन गर्दा सन् २००८ मा क्लिन्टन एक वरिष्ठ सहयात्री उम्मेदवारका रुपमा पाएको बताउनुभएको छ ।

hillary-clintonराष्ट्रपतीय पदका लागि पार्टीभित्र चयनमा नपरेपछि पनि आफूसँग मनमुटाव नराखी यतिखेरको महानिर्वाचनलाई खुल्ला हृदयले समर्थन गरेको र आफ्नो पहिलो कार्यकालभरी विदेश मन्त्रालयको जिम्मेवारी उत्कृष्टतापूर्वक सम्हालेको समेत ओबामाले बताउनुभएको छ ।

क्लिन्टनको कार्यसम्पादन क्षमताको खुल्ला हृदयले प्रशंसा गर्नुहुँदै राष्ट्रपति ओबामाले क्लिन्टन नै एक उत्कृष्ट राष्ट्रपति बन्नसक्ने ठहर गर्नुभएको छ । रासस/एपी