१९ कार्तिक २०८३, बिहिबार

थप ६६६ जनामा कोरोना पुष्टि, ६२२ जना निको, ११ को मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ७७१ र एन्टिजेन विधिबाट २ हजार २४९ एन्टिजेन परीक्षण गरिएकोमा ६६६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ५१३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।