
काठमाडौं, ९ कात्तिक । सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।
मंगलबार प्रधानन्यायाधीश जबरासँगको भेटपछि आन्तरिक छलफलमा उनीहरुले प्रधानन्यायाधीशले राजीनामा विकल्प नरहेको अडान दोहोर्याएका हुन् ।
नैतिकताको प्रश्न उठिसकेपछि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने न्यायाधीशहरुको ठहर छ ।
आजको न्यायाधीशहरूसँग करिब ४५ मिनेट छलफलमा जबराले आफूले राजीनामा नदिने प्रष्ट पारेका थिए ।
प्रधानन्यायाधीश जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने बताएका थिए ।
सर्वोच्चका न्यायाधीशले वुधबार बिहान साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन् ।












प्रतिक्रिया