१९ कार्तिक २०८३, बिहिबार

लाइसेन्सको नयाँ अनलाइन आवेदन खुल्यो

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ९ कात्तिक । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ ।

कोरोना संक्रमणका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाले रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।

विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।