२ कार्तिक २०८३, सोमबार

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सारजाह, ९ कात्तिक । आईसीसी टी(२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी भएको छ ।

सारजाहमा गएराति भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।