१९ कार्तिक २०८३, बिहिबार

सरकारले धानबाली क्षतिको अध्ययन गर्न गृह सचिवको नेतृत्वमा बनायो कार्यदल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कात्तिक । सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलले क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन दिनुपर्ने हुन्छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गरेको हो ।

कात्तिक १ देखि ३ गतेसम्म परेरको वेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोले किसानहरुले लगाएको धानबाली नष्ट गरेको थियो ।

यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।