१९ कार्तिक २०८३, बिहिबार

यी स्थानमा भोलिदेखि लगाइँदैछ एस्ट्राजेनेका खोपको दोस्रो मात्रा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ कात्तिक । कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप कात्तिक ९ गते मंगलबारदेखि दिइने भएको छ ।

काठमाडौँका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका स्थानीय तहका खोप केन्द्रमा तीन दिनसम्म अभियान सञ्चालन हुने भएको छ ।