१९ कार्तिक २०८३, बिहिबार

फागुनमा राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदै, माघमा चुनाव गर्न आयोगको सिफारिस

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ८ कात्तिक । राष्ट्रियसभाको रिक्त पदका लागि आगामी माघमा निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त हुने २० राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

संविधानको धारा ८६(३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो ।