
काठमाडाैँ, ८ कात्तिक । पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य ६३ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ४ जनालाई उपचारका लागि झापा पठाइएको छ भने अन्यको पाँचथर जिल्ला अस्पताल, पाथीभरा अस्पताल र सर्मपति अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया