
काठमाडाैँ, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने निर्णय गरेका छन् ।
प्रधानन्यायाधीशले सोमबारका लागि बोलाएको फुलकोर्ट बैठक अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् ।
आइतबार प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
आइतबार मात्रै बार एशोसियनसँगको छलफलमा प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाउन सहमत भएका थिए ।
आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
प्रधानन्यायाधीशले नै सर्वोच्चको गरिमामा आघात पुग्ने काॠ गरेको भन्दै न्यायाधीशहरुले सोमबारको बैठक बहिष्कार गर्ने भएका हुन् ।












प्रतिक्रिया