
काठमाडाैँ, ७ कात्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयको समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।
अध्यक्ष श्रेष्ठले आइतबार प्रधानन्यायाधीश जबरासँग भएको भेटमा आफूहरुले राजीनामा नमागेको तर न्यायालयमा देखिएका समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने हुनसक्ने बताए ।
प्रधानन्यायाधीश जबरा र बार पदाधिकारीहरुबीच आइतबार लामै छलफल भएको थियो । छलफलमा जबराले नमूनाको रूपमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने बताएका थिए ।












प्रतिक्रिया