
काठमाडाैँ, ७ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठेको बताएका छन् ।
जनकपुरमा आइतबार नेपाल प्रेस युनियनद्वारा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टी संरचना आफ्नो पक्षमा पार्ने खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि वैधानिक प्रश्न उठ्न थालेको बताएका हुन् ।
नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको बताए ।
केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुङ्ग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो ।












प्रतिक्रिया