
काठमाडौँ, ७ कात्तिक । नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापालगायत नेताहरुको पहलमा संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएका छन् ।
आइतबार केसीले एक विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालले आफ्नो नाम दुरुपयोग गरेको बताएका छन् ।
केसीले आफू कहिलै पनि पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
उनले आफू एमाले विपक्षमा नरहेको र त्यस्ता गतिविधिमा सामेल नभएको उल्लेख गरेका छन् ।
केसी आइतबार नै एमाले पार्टी कार्यलय थापाथली गएर महासचिव ईश्वर पोखरेललगायत नेताहरुसँग तस्वीर पनि खिचाएका छन् ।












प्रतिक्रिया