१९ कार्तिक २०८३, बिहिबार

अब झापामा माओवादी पत्तासाफ हुन्छ: दुर्गा प्रसाईं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ कात्तिक । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले झापामा नेकपा माओवादीको अस्तित्व नरहने बताएका छन् ।

प्रसाईं नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश गर्नु अघि यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापामा प्रसाईंसहित हजारौंलाई एमालेमा प्रवेश गराउँदैछन् ।

बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको प्रसाईँले बताए ।

एमाले प्रवेश पूर्व प्रसाईंले भने, ‘अब झापाबाट माओवादी पत्तासाफ हुन्छ ।’ उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको काँग्रेससँग माओवादीले घाँटी जोडेकाले पार्टी छोड्ने निर्णयमा पुगेको बताए ।