
काठमाडौँ, ६ कात्तिक । नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्वसभापति एवं महासंघ २ नम्बर प्रदेश समितिका उपाध्यक्ष रामानन्द गुप्ताको निधन प्रति महासंघले शोक व्यक्त गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै गुप्ताको ५८ वर्षको उमेरमा भएको निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको उल्लेख गरेको छ ।
मस्तिष्कघात भएर विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत पत्रकार गुप्ताको उपचारकै क्रममा कात्तिक ५ गते शुक्रबार राति निधन भएको हो ।
वि.सं. २०४६ सालदेखि पत्रकारितामा सक्रिय रहेका गुप्ताले सुरुचि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनले देशान्तर साप्ताहिक, हिमालय टाइम्स दैनिक, नेपाल टेलिभिजन, नेपाल वान टेलिभिजनलगायतमा काम गरेका थिए ।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, अनुभवी र जुझारु पत्रकार गुमाएको छ । स्वर्गीय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।












प्रतिक्रिया