काठमाडौं, २१ असोज । चार दलका शीर्ष नेताहरूले मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन् ।
कुनै समस्या भएन भने शुक्रबार मन्त्रीहरूको शपथ हुनेछ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का शीर्ष नेताहरूले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए ।
कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।
शीर्ष नेताहरूले मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन् । एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।
माधव नेपाल समूहले स्वास्थ्य मन्त्रालय छाडेर कांग्रेसले कानून न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।
कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपक्षी मन्त्रालय लिनेछ । उसले गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिनेछ ।











प्रतिक्रिया