४ मंसिर २०८३, शुक्रबार

एनपीएल उपाधिका लागि भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ ।

नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम राखिएको हो ।

फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछ ।

फाइनल खेल बेलुका ५ बजेबाट सुरु हुनेछ ।

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो ।

लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।