४ मंसिर २०८३, शुक्रबार

आरजुले यसरी राखिन् जमरा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले घटस्थापनाको दिन निवासमा जमरा राखे दशैँ भित्र्याएकी छिन् ।

नेतृ राणाले बिहीबार बिहान शुभसाइत पारेर धार्मिक परम्परानुसार निवासमा घटस्थापना गरेकी हुन् । उनले प्रधानमन्त्री निवास बालुवाटारको एउटा कुनामा पूजा गरेर जमरा राखेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।

प्रधानमन्त्री पत्नी राणाले जमरा राखिएको तस्बिर सामाजिक सञ्जारमा पोस्ट गरेकी छिन् । सामान्य रुपमा पूजा गरेका तस्बिरले नेतृ राण तडगभडग गरेर दशैँ मनाउन नहुने सन्देश दिएकी छिन् । राणाले आफ्नो गच्छे र मौलिकताअनुसार दशैँ मनाउन शुभकामना दिएकी छिन् ।