काठमाडौं, २१ असोज । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष ६७ वर्षीय रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौंको चाबहिलको बुलबुलेस्थित निर्माणाधीन घर अगाडि उनी बिहीबार बिहान मृत फेला परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चतुर्वेदीले घरमाथिबाट हाम फालेर आत्महत्या गरेको देखिएको छ ।
बिहान करिब सवा ७ बजेतिर उनले हाम फालेको प्रहरीको दाबी छ । सिसिटिभीमा उनी ६ बजेर १९ मिनेटमा घर माथि गएको र ७ बजेर १५ मिनेटमा माथिबाट खसेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ । उनी २०६८ सालमा भष्ट्रचारको मुद्दामा जेल सजाय समेत भोगेका थिए ।











प्रतिक्रिया