अत्तरिया(कैलाली), २८ चैत । कृषि मन्त्री हरि पराजुलीले किसानलाई छ प्रतिशत व्याजदरमा ‘कृषि कर्जा’ प्रवाह गर्न आफू लागिपरेको बताउनुभएको छ ।
प्रेस चौतारी कैलालीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले ‘कृषि कर्जा’का लागि आफूले नेपाल राष्ट्र बैंकका गर्भनरलाई भेटेर जानकारी गराएको बताउनुभयो ।
आफूले गर्भनरसँग ‘कृषि कर्जा’ लागू गर्न छलफल गरिसकेको बताउँदै ‘कृषि कर्जा’ नदिने बैंकलाई कारबाही गरिने उल्लेख गर्नुभयो ।
उहाँले परम्परागत कृषि प्रणालीभन्दा आधुनिक कृषि प्रणालीमा जोड दिन सरकार लागिपरेको बताउँदै त्यसका लागि पाँचवर्षे रणनीति बनाइने बताउनुभयो । रासस















प्रतिक्रिया