ललितपुर, १८ असोज । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राखेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।











प्रतिक्रिया