३ कार्तिक २०८३, मंगलबार

इथियोपियाले राष्ट्रसंघका सात कर्मचारीलाई निकालिदियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SG gives press con

न्युयोर्क, १७ असोज । द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा खटिएका आफ्ना सात अधिकारीलाई इथियोपियाले निष्कासन गरेको विषयमा संयुक्त राष्ट्रसङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियामा गहिरिँदो मानवीय सङ्कट र भोकमरीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

इथियोपियाले आन्तरिक मामिलामा दखल पु¥याएको आरोपसहित राष्ट्रसंघका सात जना अधिकारीलाई निष्कासन गरी द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानवीय सहयोग पु¥याउन प्रतिबन्ध लगाएको छ ।

महासचिव गुटेरेसले इथियोपियालाई यो निर्णय लिने अधिकार नभएको प्रष्ट पारेका छन् । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार टिग्रेइ क्षेत्रमा ५२ लाख नागरिक मानवीय सहायताको पर्खाइमा छन् ।

टिग्रेइ क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पुग्ने असरले बालबालिकाहरू भोकमरीको सिकार हुनसक्ने देखिएको छ ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई इथियोपियाको पछिल्लो निर्णयले द्वन्द्व र मानवीय सङ्कट समाधानको विषय थप पेचिलो हुनसक्नेबारे जानकारी गराएका छन् ।

यसबारे सुरक्षा परिषद्को आकस्मिक बैठकमा छलफल भए पनि कुनै निर्णय भइसकेको छैन । संयुक्त राष्ट्रसंघले मानवीय सहयोग नरोकिने र इथियोपिया सरकार संयुक्त राष्ट्रसंघ र यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वास लिएको छ ।