४ मंसिर २०८३, शुक्रबार

एसिडकाण्ड मच्चाउने मियाँ पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १५ असोज । प्रहरीले एसिड प्रहार मुद्दाका फरार प्रतिवादी १९ वर्षीय समशाद मियाँलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्कालीन समयमा मियाँ १७ वर्षका थिए । मियाँलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।

कोभिड–१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुनः सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।

२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।