काठमाडौं, १३ असोज । भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने सह–सचिव अनुराग श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।
श्रीवास्तव मंगलबार काठमाडौं आएका हुन् । उनको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित तीनजना सहभागी छन् ।
नेपाल भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी काठमाडौं आएका हुन् ।











प्रतिक्रिया