काठमाडौं, १३ असोज । माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
नेता पुन बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन् । जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी छन् ।
यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए । उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ ।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए । चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ ।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छिन् । पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो । त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए ।











प्रतिक्रिया